KhabarUjyalo

मेलम्चीको पानी वितरण गर्न २० अर्बको संरचना तयार

९ फाल्गुन २०७७, आईतवार
मेलम्चीको पानी वितरण गर्न २० अर्बको संरचना तयार

काठमाडौं । मेलम्ची खानेपानी आयोजनाको पानी उपत्यकाका उपभोक्ताकहाँ पुर्याउन आवश्यक पर्ने सबै संरचना तयार भएको छ ।

काठमाडौँ उपत्यका खानेपानी लिमिटेडको आयोजना कार्यान्वयन निर्देशनालय पिआइडीले मेलम्चीको पानी सुन्दरीजलमा खसालेसँगै उपत्यकाबासीको घरमा पुर्याउने तयारी अन्तिम चरणमा पुगेको जनाएको छ ।

निर्देशनालयले मेलम्ची पानी वितरण गर्न ७६ किलोमिटरको थोक वितरण लाइन र ११ सय २२ किलोमिटर वितरण सञ्जाल तयार गरेको छ । साढे ७४ हजार घनमिटर क्षमतामा १० वटा ट्यांकीसमेत तयारी अवस्थामा छन् ।

पहिलो चरणमा ११ सय ३२ वितरण सञ्जालमध्ये अहिलेसम्म ११ सय २२ किलोमिटरभन्दा धेरै तयार भइसकेको छ । बाँकी १० किलोमिटर निर्माण भइरहेको छ । ललितपुरमा १० किलोमिटर जतिको काम जारी छ ।

आयोजनाले यो साता अस्थायी ड्याममार्फत सुरुङमा पानी छिराएर परीक्षण गर्ने तयारी गरेको छ । एसियाली विकास बैंकको सहुलियत ऋणमा पानी ट्यांकी तथा थोक र वितरण पाइप लाइन बिछ्याउन करिब २० अर्ब रुपैयाँ खर्च भइसकेको छ ।

आजको नागरिक दैनिकमा समाचार छ ।

भर्खर

खबर उज्यालो मिडिया प्रा. लि.

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

All Rights Reserved © Khabar Ujyalo