Khabar Ujyalo

सरकारले किसानको विवरण राख्न सफ्टवेयर ल्याउदै

८ फाल्गुन २०७७, शनिबार
सरकारले किसानको विवरण राख्न सफ्टवेयर ल्याउदै

काठमाडौँ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले किसानको वर्गीकरण तथा पहिचानका लागि वेबमा आधारित एक सफ्टवेयर प्रणाली विकास गरको छ । मन्त्रालयले सफ्टवेयरका आधारमा देशैभरिका किसानको विवरण तयार गरी विद्युतीय प्रणाली (वेबसाइट)मा राख्ने तयारी गरेको हो ।

किसानको वर्गीकरण तथा पहिचानको विवरण राख्न वेबसाइटको अन्तिम तयारी भइरहेको कृषि मन्त्रालयका सचिव योगेन्द्र कार्कीले जानकारी दिए ।

उनले भने, “केही दिनमा नै उक्त वेबसाइट सार्वजनिक हुनेछ ।” वेबसाइटमा किसानको नाम, उसले गर्ने खेतीको क्षेत्र, किसानको सङ्ख्या, परिवारका सदस्य सङ्ख्या, उमेर, उत्पादन, वार्षिक आम्दानी तथा खर्च, बजारसँग पहुँच, सरकार तथा अन्य क्षेत्रबाट पाउने सुविधा, जमिनको किसिम, सिँचाइको उपलब्धता, सिञ्चित क्षेत्रफल, जग्गाको ‚वामित्व, पशुपन्छीपालन तथा बाली उत्पादन विवरण, कृषि व्यवसायी, फार्म, उद्यमीलगायतका विषयको विवरण राखिने मन्त्रालयले जनाएको छ ।

एउटा किसानको सम्पूर्ण विवरण सरकारले सङ्कलन गरेर किसानको तह निर्धारण गर्नेछ ।

सोही तहअनुसार किसानलाई सुविधा दिनुका साथै कृषिको योजना तथा कार्यक्रम तयार गरिनेछध्र किसानको विवरण तयार गरी पहिचान दिइसकेपछि ती किसानलाई परिचयपत्र उपलब्ध गराइने मन्त्रालयले जनाएको छ ।

कृषि मन्त्रालयले सफ्टवेयर सञ्चालनका लागि सातै प्रदेश तथा जिल्लामा तालिम सम्पन्न गरिसकेको छ । प्रदेशले सो सफ्टवेयरका बारेमा स्थानीय तहलाई तालिम दिन सुरु गरेको छ । यो समाचार आजको गोरखापत्र दैनिकमा छ ।

भर्खर

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

© 2026 Khabar Ujyalo. All Rights Reserved.