Khabar Ujyalo

‘आन्दोलनका लागि हामीसँग पैसा छैन’: देउवा

६ फाल्गुन २०७७, बिहीबार
‘आन्दोलनका लागि हामीसँग पैसा छैन’: देउवा

पोखरा : नेपाली कांग्रेका सभापति शेरबहादुर देउवाले प्रतिनिधिसभा विघटन बारे अदालतलाई गर्ने फैसला स्वीकार्य हुने,जुलुस निकालेर अदालतलाई यसो गर, उसो गर भनेर भन्न नहुने बताए ।

बिहीबार नेपाल मगर संघको गण्डकी प्रदेश सम्मेलनलाई सम्बोधन गर्दै देउवाले अदालतले पुनस्र्थापना गरे स्वीकार गर्ने बताए । उनले भने, ‘अदालतले पुनस्थार्पना गर भन्यो भने स्वीकार गर्छौं, चुनाव गर भन्यो भने पनि स्वीकार गर्छौं ।’

जुलुस हेरेर फैसला गर्ने अवस्था आए कांग्रेसले जुलुस निकाल्न पनि नसक्ने उनले बताए ।

‘हामीसँग पैसा पनि छैन । जबरजस्ती बोलाउन पनि सक्दैनौं’ कांग्रेस सभापति देउवाले भने, ‘क्रियाशील लिने बेलामा मारामार हुन्छ, भोलि आन्दोलनमा क्रियाशील मात्र आउन भन्यो भने आउँदैन ।’

भर्खर

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

© 2026 Khabar Ujyalo. All Rights Reserved.