Khabar Ujyalo

कांग्रेसको १४ औं महाधिवेशन भदौ ७ देखी १० गतेसम्म गर्ने प्रस्ताव

६ फाल्गुन २०७७, बिहीबार
कांग्रेसको १४ औं महाधिवेशन भदौ ७ देखी १० गतेसम्म गर्ने प्रस्ताव

काठमाडौ : नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिमा २०७८ भदौमा १४ औं महाधिवेशन भदौ ७ देखी १० गतेसम्म गर्ने प्रस्ताव पेश भएको छ। 

कांग्रेस महामन्त्री पूर्णबहादुर खड्काले आगामी भदौ ७ गते देखि १० गतेसम्म केन्द्रीय महाधिवेशन गर्ने प्रस्ताव केन्द्रीय कार्यसमितिमा पेश गरेको कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले बताए।

बुधबारदेखि सुरू भएको केन्द्रीय कार्यसमितिको बैठकबारेमा पत्रकारहरूलाई जानकारी गराउँदै प्रवक्ता शर्माले २०७८ भदौ ७, ८, ९ र १० गते केन्द्रीय महाधिवेशन काठमाडौंमा गर्ने प्रस्ताव पेश भएको बताए।

यस्तै, गाउँनगरको वडा अधिवेशन असार २० गते, गाउँ नगरपालिकाको अधिवेशन असार २२ गते, प्रदेश सभा क्षेत्रीय अधिवेशन असार २५ गते, प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन एक मात्र प्रतिनिधि सभा निर्वाचन क्षेत्र भएको जिल्लामा असार २७ गते, एक भन्दा बढी प्रतिनिधि सभा निर्वाचन क्षेत्र भएको जिल्लामा असार ३० गते र प्रदेश अधिवेशन साउन ६ गते गर्ने प्रस्ताव पनि केन्द्रीय कार्यसमितिमा पेश भएको छ। 

पाँच वर्षमा महाधिवेशन गर्न नसकेपछि कांग्रेसले संविधानमा व्यवस्था भए अनुसार ६ महिना म्याद थप गर्नका लागि केन्द्रीय कार्यसमितिको बैठक बोलाएको हो।  
बैठक बिहीबार दिउँसो तीन बजे पनि बस्ने छ।

भर्खर

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

© 2026 Khabar Ujyalo. All Rights Reserved.