KhabarUjyalo

सुदूरपश्चिमको दुर्गम वस्तीमा एक उदाहरणीय नमुना आवासीय विद्यालय

३० पुष २०८२, बुधबार
सुदूरपश्चिमको दुर्गम वस्तीमा एक उदाहरणीय नमुना आवासीय विद्यालय

धनगढी : डोटीको जोरायलको जनपृय आवासीय आधारभूत विद्यालय। भीमदत्त राजमार्गको सहजपुरबाट करिब डेढ किलोमिटर पर एउटा मन्दिर छ। मन्दिरको छेउमै छ जनकल्याण माध्यमिक विद्यालय। विद्यालयको परिवेश मन लोभ्याउने खालको छ, हरियालीयुक्त यो विद्यालय कक्षा ८सम्म पढाइ हुने गरेको छ । २०२३ साल प्रावी स्थापना प्रावी, २००५५ साल निमावि
र २०७८ सालमा २०७८ सालमा तीन जना मिलेर आवासीय विद्यालय संचालनमा ल्याएको थियो ।

नीति योजना तथा कार्यक्रम संयोजक खगेन्द्र ओझा,
अर्थ प्रशासन प्रेम बोगटीको परिकल्पनामा आवासीय विद्यालय सुरु गरिएको थियो भने स्थानिय श्याम कुमार शाह लगायत शाह चौतरीया परिवारले खुलको जग्गा दान गरेका थिए ।

सुरुका दिन आवासीय विद्यालय संचालन गर्न अप्ठ्यारो रहेको थियो । त्यो क्षेत्रमा बसोबास गर्ने जनसंख्या घट्दै गएपनी आवासीय संचालन भएपछि सुदूरपश्चिमका ९ जिल्ला मध्ये ७ जिल्लाका १९६ विद्यार्थीहरू अहिले विद्यालयमा अध्ययनरत गरिरहेका विद्यालयका शिक्षक प्रेम बोगटी बताएका छन् ।।

उनका अनुसार सुरुमा अभिभावकले दिएको चामल दाल पकाएर विद्यार्थी खुवाने गरिन्थ्यो । अहिले अभिभावकले चामल दालको सट्टामा मार्सिक तीन हजार शुल्क दिने गरेका छन् । विद्यार्थीलाई दैनिक ५ पटक खाजा दिने र महिनाको दुई तीन पटक मासु खाना दिने गरेको बताए ।

१० बर्षिय कार्ययोजनासहित संचालनमा ल्याएको आवासीय विद्यार्थी कार्यक्रम अहिले ४ बर्ष पूरा भएको छ । राज्यले किताब र फ्री निशुल्क गरेर मात्र नभइ गाँस वासको व्यवस्था सहितको ग्यारेन्टी राज्यले गर्नु पर्ने उदेश्य सहित स्थापना गरिएको शिक्षक प्रेम बोगटीले बताए ।

बालबालिकाको शिक्षामा गुणस्तर ल्याउन पढाईसङ्गै उनीहरुमा व्यबहारमा सिकाई ल्याउन अनिवार्य अङ्ग्रेजी भाषा र ५ कक्षा देखि कम्प्युटर डिप्लोमा कार्यक्रम संचालन गरेको छ ।

आवासीय विद्यालय संचालनमा आएपछि जोरायल गाउँपालिका स्तरियमा तीन चोटी प्रथम नतिजा ल्याएको छ । नतिजा सङ्गै सिकाई सम्बन्धि उत्कृष्ट विद्यालय रहेको छ ।

विद्यालयलाई व्यवस्थित पार्न बिभागिय काम बाडफाट गरेको छ । जसअनुसार होस्टेल वार्डेन प्रमुख छत्र छत्रा
नीति, योजना तथा कार्यक्रम बिभाग, अर्थ प्रशासन बिभाग,
खाना तथा आवास बिभाग, इन्धन आपूर्ति बिभाग र अनुशासन बिभाग,स्वास्थ्य तथा सरसफाइ बिभाग राखेको छ ।
बिहान १० बजेदेखि ४ बजेसम्म तलबीमा शिक्षकशिक्षिकाले पढाउने गरेका छन् भने बाकी समय नि:शुल्क कक्षा चलाउने गरेका छन् । विद्यालयमा सम्पुर्ण शिक्षकले दैनिक रुपमा अनिवार्य समिक्षा गर्नु पर्ने हुन्छ । समिक्षाका आधारमा थप सुधार गरेर अगाडि दीक्षा निर्देश गर्ने गरेको शिक्षक प्रेम बोगटीले बताए ।

गाउँपालिकाको केही अनुदानले आवासीय संचालन गर्न सहज भएतापनि थुप्रै स्रोत साधनको समस्याले अझै राम्रो कार्य गर्न नसकिएको विद्यालय प्रशासनले जनाएको छ ।

समुदायबाट संचालित विद्यालय भएकाले आर्थिकसंगै बिजुली, ईन्टरनेट यातायात सहज पहुच नहुदा ठूलो समस्या रहेको छ । विद्यार्थीको सिकाई आधारित कार्यक्रम संचालिन गर्न तत्काल बिज्ञान प्रयोगशाला र ict ल्याबको अती आवश्यकता रहेको छ ।

भर्खर

खबर उज्यालो मिडिया प्रा. लि.

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

All Rights Reserved © Khabar Ujyalo