KhabarUjyalo

देउसी भैलो खेलेको संकलित रकमबाट बालबालिकालाई न्यानो लुगा सहयोग !

२८ पुष २०८२, सोमबार
देउसी भैलो खेलेको संकलित रकमबाट बालबालिकालाई न्यानो लुगा सहयोग !

धनगढी: देउसी–भैलो खेलेर संकलित रकमबाट खान पुगोस्, दिन पुगोस् अभियान नेपालले बालबालिकालाई न्यानो लुगा सहयोग गरेको छ।

अभियानले सोमबार धनगढी उपमहानगरपालिका–१० स्थित विपी आधारभूत विद्यालयमा अध्ययनरत ७६ जना बालबालिकालाई स्विटर र टोपी वितरण गरेको हो।

चिसो मौसमका कारण बालबालिकाको पठन–पाठनमा असर नपरोस् भन्ने उद्देश्यले देउसी–भैलोबाट संकलित रकम उपयोग गरी न्यानो लुगा वितरण गरिएको अभियानका संयोजक घनश्याम भट्टले जानकारी दिए।

संयोजक भट्टका अनुसार अभियानमा जोडिएका सहयोगीदाता तथा देउसी–भैलो, सहयोग संकलनलगायत विभिन्न माध्यमबाट प्राप्त रकम प्रयोग गरी सुदूरपश्चिम प्रदेशका सामुदायिक विद्यालयमा अध्ययनरत बालबालिकालाई न्यानो लुगा तथा शैक्षिक सामग्री वितरण गरिने बताएका छन् ।

विद्यालयमै उपस्थित भई बालबालिकालाई न्यानो लुगा सहयोग गरिएकोमा विद्यालयकी प्रधानाध्यापक निर्मला चौधरीले अभियानप्रति धन्यवाद व्यक्त गरिन्।

कार्यक्रममा अभियानका सदस्यहरू, विद्यालयका शिक्षक, अभिभावक तथा विद्यार्थीहरूको सहभागिता रहेको थियो।

भर्खर

खबर उज्यालो मिडिया प्रा. लि.

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

All Rights Reserved © Khabar Ujyalo