KhabarUjyalo

आरजु राणा उपचारका लागि नयाँदिल्लीमा

२ माघ २०७९, सोमबार
आरजु राणा उपचारका लागि नयाँदिल्लीमा

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा पत्नी एवं कांग्रेस केन्द्रीय सदस्‍य आरजु राणा देउवा नयाँदिल्ली गएकी छन् ।

आरजु निकट एक केन्द्रीय सदस्यक अनुसार स्वास्थ्य उपचारको नियमित फ्लो अपमा उनी दिल्ली गएकी हुन् । ‘फ्लो अपमा जान ढिलो भइसकेको थियो । उपचारका लागि जानुभएको हो’, उनले भने ।

आरजुको गत साउनमा नयाँदिल्लीस्थित म्याक्स अस्पतालमा पाठेघरको शल्यक्रिया गरिएको थियो ।

उपचारकै क्रममा आरजुले भारतीय जनता पार्टीका विदेश विभाग प्रमुख विजय चौथाइवालेलाई भेटेकी थिइन्

खबर उज्यालो मिडिया प्रा. लि.

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

All Rights Reserved © Khabar Ujyalo