KhabarUjyalo

ओलीलाई भेट्न प्रधानमन्त्री प्रचण्ड बालकोटमा

२ माघ २०७९, सोमबार
ओलीलाई भेट्न प्रधानमन्त्री प्रचण्ड बालकोटमा

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड सत्ता साझेदार मध्ये सबैभन्दा ठूलो दलका अध्यक्ष नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न बालकोट पुगेका छन् ।

यसअघि ओली र प्रचण्डबीच बालुवाटार पटक पटक छलफल भइरहेकोमा आज प्रचण्ड आफै बालकोट पुगेका हुन् ।

प्रधानमन्त्री प्रचण्ड प्रतिनिधिसभाबाट विश्वासको मत लिएपछि दोस्रो पटक बालकोट पुगेका हुन् ।

राष्ट्रपति र सभामुख निर्वाचनका सन्दर्भमा कांग्रेससँग पनि सहमति गर्ने भन्ने प्रधानमन्त्रीको अभिव्यक्तिपछि एमालेले संशय व्यक्त गरिरहेका बेला प्रचण्ड बालकोट पुगेका हुन् ।

प्रचण्ड आज बालकोटमै दिवा भोजपछि फर्किने बालुवाटार स्रोतले जनाएको छ ।

दुई नेताबीच आपसी विश्वासको साथ मन्त्रिपरिषद्लाई पूर्णता दिने, राष्ट्रपति र सभामुख निर्वाचनको बारेमा समेत छलफल हुने बताइएको छ ।

खबर उज्यालो मिडिया प्रा. लि.

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

All Rights Reserved © Khabar Ujyalo