KhabarUjyalo

सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा एमालेका राजेन्द्र रावल नियुक्त

२७ पुष २०७९, बुधबार
सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा एमालेका राजेन्द्र रावल नियुक्त

धनगढी : सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नेकपा एमाले संसदीय दलका नेता राजेन्द्र रावल नियुक्त भएका छन् । प्रदेश प्रमुख देवराज जोशीले नेकपा एमाले संसदीय दलका नेकपा एमाले संसदीय दलका नेता राजेन्द्र रावललाई मुख्यमन्त्री नियुक्त गरेका हुन् ।

सुदूरपश्चिम प्रदेशमा सरकारको नतृत्वका लागि सत्तारुढ गठबन्धन दलका एमाले १०, माओवादी ११, नागरिक उन्मुक्ती पार्टी ७, राप्रपा १ गरि जम्मा २९ जना सांसदको समर्थनमा नेता रावलेले दाबी पेस गरेका थिए ।

५३ सदस्यीय प्रदेश सभामा सरकार गठन गर्न २७ सांसदको समर्थन आवश्यक पर्छ। सबैभन्दा ठूलो नेपाली कांग्रेसका १९, माओवादी केन्द्रका ११, एमालेका १०, नागरिक उन्मुक्तिका ७, एकीकृत समाजवादीका ४, राप्रपाका एक र स्वतन्त्र एक सांसद छन्।

खबर उज्यालो मिडिया प्रा. लि.

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

All Rights Reserved © Khabar Ujyalo