KhabarUjyalo

माघ ९ गतेसम्म काठमाडौं नछाड्न काँग्रेस सांसदहरुलाई ह्विप

२७ पुष २०७९, बुधबार
माघ ९ गतेसम्म काठमाडौं नछाड्न काँग्रेस सांसदहरुलाई ह्विप

काठमाडौं । नेपाली काँग्रेसले माघ ९ गतेसम्म काठमाडौं बाहिर नजान आफ्ना सांसदहरुलाई ह्विप जारी गरेको छ ।

मुलुकको पछिल्लो राजनीतिक अवस्थालाई मध्यनजर गर्दै काँग्रेसले आफ्ना सांसदहरुलाई उक्त ह्विप जारी गरेको हो ।

यदी काठमाडौं उपत्यका बाहिर जानै परे संसदीय दललाई जानकारी दिनुपर्ने छ । नेपाली काँग्रेसले मंगलबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिएको थियो । जबकी एमालेसहितको ७ दलले प्रधानमन्त्री प्रचण्डलाई समर्थन गरेका थिए ।

काँग्रेसको मतसहित प्रचण्डले संसदमा ९९.२५ प्रतिशत मत पाएका हुन् । अब सभामुखको निर्वाचन हुने छ । जसका लागि माघ ३ गते सूचना टाँस गरी तोक्न प्रतिनिधिसभाका ज्येष्ठ सदस्य पशुपतिशमशेर जबराले संसद सचिवालयलाई निर्देशन दिएका छन् ।

त्यस्तै माघ ५ गतेका लागि प्रतिनिधिसभा बैठक बोलाइएको छ। सोही दिन सभामुखको निर्वाचन हुने छ। उपसभामुखको निर्वाचन भने माघ ९ सम्ममा गर्ने तयारी भइरहेको छ।

Tags:

खबर उज्यालो मिडिया प्रा. लि.

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

All Rights Reserved © Khabar Ujyalo