KhabarUjyalo

ओमिक्रोन भेरियन्टका लागि बन्यो खोप, परीक्षण सुरु

१२ माघ २०७८, बुधबार
ओमिक्रोन भेरियन्टका लागि बन्यो खोप, परीक्षण सुरु

पछिल्लो समय विश्वभरी नै संक्रमण फैलाइरहेको कोभिड-१९ को ओमिक्रोन भेरियन्टका लागि खोप निर्माता फाइजर एण्ड बायोएनटेकले ओमिक्रोन विशेष खोप परीक्षण सुरु गरेको छ ।

फाइजरले १८ देखि ५५ वर्ष उमेर समूहका वयस्कमा रोग प्रतिरोधात्मक प्रतिक्रिया परीक्षणका लागि क्लिनिकल परीक्षण सुरु गरेको हो । ओमिक्रोन खोप परीक्षण सम्बन्धमा फाइजरले पत्रकार सम्मेलनमा आगामी मार्च सम्ममा नतिजा निकाल्ने गरी काम गर्ने जनाएको हो ।

फाइजर एण्ड बायोएनटेकका खोप अनुसन्धान प्रमुख क्याथ्रिन जोनसनले कोभिडको यस पहिलेका भाइरसका लागि तयार पारिएको बुस्टर मात्राले पनि ओमिक्रोनबाट आउनसक्ने गम्भीर खतरालाई टाढा गर्ने अनुसन्धानले पुष्टि गरेको बताउनु भयो । साथै यसबाट आउनसक्ने दीर्घकालीन असरबारे सावधानीसाथ अध्ययन भइरहेको पनि उहाँको भनाई छ ।

जर्मन कम्पनी बायोएनटेकका प्रमुख कार्यकारी अधिकृत उगुर साहिनका अनुसार हल्का र मध्यम कोरोना विरुद्ध लड्न बनाइएको पुरानो खोपको सुरक्षाले ओमिक्रोन विरुद्ध अपेक्षित रूपमा काम नगरेको बताउनुभयो ।

यस अघि बनाइएका खोपले लामो समयसम्म सुरक्षा दिनुका साथै ओमिक्रोनका लागि पनि उपयोगी नै रहेको पाइएको छ । तर यसको प्रतिरोधात्मक क्षमता भने ओमिक्रोनको विरामीमा अन्य विरामीको तुलनामा कम प्रभावकारी पाइएको बताइएको छ । यसबारे थप अनुसन्धान जारी छ । यस विषयमा १८–५५ वर्षका एक हजार ४२० जनालाई तीन समूहमा विभाजन गरी परीक्षण तथा अनुसन्धान जारी छ ।

खबर उज्यालो मिडिया प्रा. लि.

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

All Rights Reserved © Khabar Ujyalo