KhabarUjyalo

भारतले धाैलीगङ्गा बाँधकाे ढाेका खाेल्ने, महाकाली किनारमा सतर्कता अपनाउन आग्रह

९ भाद्र २०७८, बुधबार
भारतले धाैलीगङ्गा बाँधकाे ढाेका खाेल्ने, महाकाली किनारमा सतर्कता अपनाउन आग्रह

काठमाण्डाै – भारतले धौलीगङ्गा जलविद्युत् परियोजनाको बाँधको ढोका खोल्ने भएपछि जिल्ला प्रशासन कार्यालय दार्चुलाले महाकाली नदी किनारका बासिन्दालाई सतर्क रहन आग्रह गरेको छ ।

दार्चुलाका प्रमुख जिल्ला अधिकारी सिद्धराज जोशीले सूचना निकालेर दार्चुलासँग जोडिएको उत्तराखण्डमा रहेको बाँधको ढोका खोल्ने जानकारी आएको भन्दै महाकाली नदी किनारमा सतर्कता अपनाउन आग्रह गर्नुभएको हो ।

जलविद्युत् परियोजना सफाइका लागि भोलि बिहीवार बाँधको ढोका खोल्ने भएकोले भोलि बिहान सात बजेदेखि बेलुका सात बजेसम्म सतर्कता अपनाउन आग्रह गरिएको छ ।  

भर्खर

खबर उज्यालो मिडिया प्रा. लि.

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

All Rights Reserved © Khabar Ujyalo