KhabarUjyalo

डोटीको रघुनाथ माविलाई एक लाख बढीको शैक्षिक तथा औषधि सहयोग !

११ जेष्ठ २०८३, सोमबार
डोटीको रघुनाथ माविलाई एक लाख बढीको शैक्षिक तथा औषधि सहयोग !

डोटी — डोटी जिल्लाको जोरायल गाउँपालिका – ०६ मा रहेको रघुनाथ माध्यमिक विद्यालयलाई एक लाख रुपैयाँभन्दा बढी बराबरको शैक्षिक, खेलकुद सामग्री तथा औषधि सहयोग गरिएको छ।
बैशाख २० गते आएको हावाहुरीसहितको वर्षाले विद्यालयको छात्रावास तथा पठनपाठनमा क्षति पुर्‍याएपछि सोमबार आयोजित एक कार्यक्रममा खान पुगोस् दिन पुगोस अभियान नेपालले शैक्षिक तथा खेलकुद सामग्री हस्तान्तरण गरेको छ। भने धनगढीको निसर्ग हस्पिटलले पनि विद्यालयलाई औषधि सहयोग छ।

सहयोग अभियानमार्फत संकलित रकमबाट करिब एक लाख रुपैयाँ बराबरका कार्पेट, टी–फोम, शैक्षिक सामग्री तथा खेलकुद सामग्री विद्यालयलाई हस्तान्तरण गरिएको अभियानका संयोजक घनश्याम भट्टले जानकारी दिएका छन् ।

उनले समाजमा देखिएका विभिन्न समस्या समाधान तथा आवश्यक सहयोगका लागि अभियानलाई निरन्तर अघि बढाइने बताए।
यस्तै यस्तै धनगढीको निसर्ग हस्पिटलले उक्त कार्यक्रममा विद्यालयलाई औषधि सहयोग गरेको छ ।

विद्यालयका प्रधानाध्यापक धन बहादुर पुनले हावाहुरीका कारण छात्रावासमा क्षति पुगेपछि विद्यार्थीको बसाइ र पठनपाठन प्रभावित भएको अवस्थामा सहयोग प्राप्त हुनु सकारात्मक भएको उल्लेख गर्दै सहयोगी संस्था तथा व्यक्तिहरूप्रति आभार व्यक्त गरे।

विद्यालयमा हाल करिब २५० जना विद्यार्थी अध्ययनरत रहेका छन्। तीमध्ये अधिकांश विद्यार्थी छात्रावासमै बसेर अध्ययन गर्ने गरेको विद्यालयले जनाएको छ।

भर्खर

खबर उज्यालो मिडिया प्रा. लि.

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

All Rights Reserved © Khabar Ujyalo