KhabarUjyalo

अत्तरियाको एक होटलबाट लागूऔषधसहित होटल सञ्चालक र तीन युवती पक्राउ

१ जेष्ठ २०८३, शुक्रबार
अत्तरियाको एक होटलबाट लागूऔषधसहित होटल सञ्चालक र तीन युवती पक्राउ

धनगढी : कैलालीको गोदावरी नगरपालिका–२ अत्तरियास्थित एक होटलबाट लागूऔषधसहित चार जना पक्राउ परेका छन्।

शुक्रबार महेन्द्रनगर रोडमा रहेको आर बि होटलमा लागूऔषध कारोबार भइरहेको भन्ने विशेष सूचनाका आधारमा लागूऔषध नियन्त्रण ब्युरो महेन्द्रनगर कञ्चनपुर र इलाका प्रहरी कार्यालय मालाखेतीको संयुक्त टोलीले छापा मारेको हो।

होटल सञ्चालक तिलक बहादुर वलीले होटलको माथिल्लो तलामा रहेको आफ्नै सुत्ने कोठा बाहिर टिनले छोपिएको भागमा लुकाइछिपाइ राखेको अवस्थामा हेरोइनजस्तो देखिने धुलो पदार्थ १२० मिलिग्रामसहित होटल संचालक र तीन युवती पक्राउ गरिएको इलाका प्रहरी कार्यालय मालाखेतीका प्रहरी निरीक्षक लोकेन्द्र ठगुन्नाले जानकारी दिए ।

पक्राउ पर्नेमा कृष्णपुर नगरपालिका–७ घर भई हाल गोदावरी नगरपालिका–२ बस्दै आएका होटल संचालक ३६ वर्षीय तिलक वली, कैलारी गाउँपालिका–८ की १९ वर्षीया नबिना चौधरी, धनगढी उपमहानगरपालिका–१० की १९ वर्षीया संगिता राना र बझाङ जयपृथ्वी नगरपालिका–७ की अन्दाजी १९ वर्षीया अस्मिता खत्रीलाई पक्राउ गरिएको छ।

प्रहरी निरीक्षक लोकेन्द्र ठगुन्नाका अनुसार घटनाबारे थप अनुसन्धान भइरहेको छ।

भर्खर

खबर उज्यालो मिडिया प्रा. लि.

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

All Rights Reserved © Khabar Ujyalo