कानुन पनि त आफ्नो हुन्न धन नभएपछि
रोजिन्न अरू काेही मिलेको तन नभए पछि ।
न निल्न सक्ने न वकल्न सक्ने भएकी छु
मन राख्नकाे लागि मिठो बचन नभए पछि ।
मैले छोडिदिएँ बोलाउन अनौठो नमान्नु यार
तिमीलाई बोल्न मसँग मन नभए पछि ।
छैन मजा पट्टकै छैन त्यो जिन्दगी जिउनलाई
जीवशैलीमा कुनै बाधा अड्चन नभए पछि ।।
निर्मला न्यौपाने (भाबुक प्रेमी)
अछाम रामाराेशन ०४ बाटुलासेन
