KhabarUjyalo

डडेल्धुरामा प्रहरीले अवैध घरेलु मदिरा बरामद गरि नष्ट

२३ पुष २०८०, सोमबार
डडेल्धुरामा प्रहरीले अवैध घरेलु मदिरा बरामद गरि नष्ट

डडेल्धुराः  डडेल्धुरामा दुई जनाको पसलबाट अवैध घरेलु मदिरा बरामद गरि नष्ट गरिएको छ।

शनिवार साँझ जिल्ला सदरमुकामस्थित बगरकोट रोडमा पसल गरी बस्ने शान्ति मगर र सोही ठाउँका बलदेव जोराको पसलबाट एक सय ८० लिटर अवैध घरेलु मदिरा बरामद गरिएको प्रहरी निरीक्षक एवं सूचना अधिकारी कुसुम नायकले बताए।

प्रहरी निरीक्षक एवं सूचना अधिकारी नायकका अनुसार शान्तिको पसलबाट १७५ लिटर र जोराको पसलबाट ५ लिटर घरेलु मदिरा बरामद गरिएको हो। आज (आइतवार) दिउँसो स्थानीय जनप्रतिनिधि र पत्रकारको रोहवरमा उक्त मदिरा नष्ट गरिएको हो।

भर्खर

खबर उज्यालो मिडिया प्रा. लि.

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

All Rights Reserved © Khabar Ujyalo