KhabarUjyalo

कांग्रेसले केन्द्रीय समितिको बैठक ‘लाइभ’ नगर्ने

१२ पुष २०८०, बिहीबार
कांग्रेसले केन्द्रीय समितिको बैठक ‘लाइभ’ नगर्ने

काठमाडौं। आज बस्ने नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक ‘लाइभ’ नहुने भएको छ। पार्टी प्रचार विभाग प्रमुख मीन विश्वकर्माका अनुसार प्राविधिक समस्या कारण आजको बैठक लाइभ नहुने भएकाे हाे।

काठमाडौ : कांग्रेसले साउन र असोजमा भएको केन्द्रीय समिति बैठक फेसबुक पेजमा लाइभ गरिएको थियो ।

कांग्रेस केन्द्रीय समिति बैठक आज दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्दै छ। विश्वकर्माका अनुसार बैठकमा सरकारको एक वर्षको समीक्षा हुने छ। त्यस क्रममा पार्टीबाट सरकारमा सहभागी भएका मन्त्रीहरूको कार्यसम्पादनको समेत समीक्षा हुने उनले बताइएकाे छ।

साथै महासमिति बैठक तयारी र राष्ट्रिय सभा निर्वाचनलगायत विषयमा पनि केन्द्रीय समितिमा छलफल हुनेछ। कांग्रेसले महासमिति बैठक पटक-पटक सार्दै आएको छ।

भर्खर

खबर उज्यालो मिडिया प्रा. लि.

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

All Rights Reserved © Khabar Ujyalo