KhabarUjyalo

कांग्रेसबाट अभिनेता नीर शाहलाई राष्ट्रिय सभा निर्वाचनमा उम्मेदवार बनाउन सिफारिस

११ पुष २०८०, बुधबार
कांग्रेसबाट अभिनेता नीर शाहलाई राष्ट्रिय सभा निर्वाचनमा उम्मेदवार बनाउन सिफारिस

काठमाडौँ । राष्ट्रिय सभा सदस्य उम्मेदवारका लागि वरिष्ठ फिल्म निर्देशक तथा अभिनेता नीर शाहको नाम सिफारिस भएको छ ।

नेपाली काँग्रेस बागमती प्रदेश समितिमा राष्ट्रिय सभा सदस्यको उम्मेदवार हुन मंगलबारसम्म ९० जनाले नाम टिपाएका थिए । अन्तिम दिन बुधबार शाहले नाम टिपाएका हुन् ।

शाहसहित बागमती प्रदेशबाट ९१ जनाको नाम सिफारिस भएको छ । राष्ट्रिय सभा चुनाव माघ ११ गते हुँदैछ । पुस २३ गते उम्मेदवारी दर्ताको तालिका छ ।

भर्खर

खबर उज्यालो मिडिया प्रा. लि.

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

All Rights Reserved © Khabar Ujyalo