KhabarUjyalo

बालेनको कविता: ‘हामी जति बिकाऊ भए पनि, आत्माले आफू बेच्दैन’

३० असार २०८०, शनिबार
बालेनको कविता: ‘हामी जति बिकाऊ भए पनि, आत्माले आफू बेच्दैन’

काठमाडौं – काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले कवितात्मक शैलीमा बिकाऊ नहुन आग्रह गरेका छन् । शनिबार सामाजिक सञ्जालमा एक कविता लेख्दै बालेनले हामी जति बिकाउ भए पनि आत्माले आफूलाई नबेच्ने कुरा उल्लेख गरेका हुन् ।

यस्तो छ उनको कविता:

हामी मनुष्यलाई एकदिन मर्नुपर्छ,
कसैलाई याद हुँदैन,
दैनिक याद हुनु राम्रो कुरा पनि हैन
तर बिर्सिनु पनि त सही छैन

एकदिन यो पाऊले धर्ती टेक्दैन,
एकदिन यो शरीरले हुरी छेक्दैन,
एकदिन यो आँखाले संसार देख्दैन,
एकदिन हातले मनको कुरा लेख्दैन,
इतिहास लेख्छौँ, तर गल्ती मेट्दैन,
एकदिन,
हामी जति बिकाऊ भए पनि,
आत्माले आफू बेच्दैन।।

भर्खर

खबर उज्यालो मिडिया प्रा. लि.

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

All Rights Reserved © Khabar Ujyalo