KhabarUjyalo

बाजुरामा भिरबाट लडेर बालिकाको मृत्यु

१० जेष्ठ २०८०, बुधबार
बाजुरामा भिरबाट लडेर बालिकाको मृत्यु

बाजुरा – बाजुरामा भिर बाट लडेर १० वर्षिय बालिकाको मृत्यु भएको छ । जिल्लाको बडिमालिका नगरपालिका – ८ पुजारी टोलका हिक्मत रावल र कमला रावलकी १० वर्षीय छोरी ललिता रावलको मृत्यु भएको प्रहरीले बताएको छ ।

मङ्गलवार सदरमुकाम मार्तडी नजिकैको झाल्या लेक बाट घरका लागि हिँडेकी ललिता भिर बाटो भन्ने ठाउँबाट लडेर घटना स्थलमै मृत भेटिएकी बताईएको छ ।

बालमन्दिर आधारभूत विद्यालय कक्षा ४ मा अध्ययनरत छात्रा ललिता आमासँग गाई वस्तु हेर्न लेकतिर गएकी थिइन् ।

भौगोलिक विकटता सँगै सहज गोरेटो बाटो नहुनुका कारण बाजुरामा बर्सेनि दर्जनौँ नागरिकहरूले भिर बाट लडेर ज्यान गुमाउनु पर्ने बाध्यात्मक अवस्था रहेको छ ।

भर्खर

खबर उज्यालो मिडिया प्रा. लि.

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

All Rights Reserved © Khabar Ujyalo