KhabarUjyalo

बैतडीमा आजदेखि दैनिक ११ घण्टा लाेडसेडिङ

१० जेष्ठ २०८०, बुधबार
बैतडीमा आजदेखि दैनिक ११ घण्टा लाेडसेडिङ

बैतडी : बैतडीमा आजदेखि १० दिनका लागि विद्युत सेवा अवरुद्ध भएको  छ। 

नेपाल विद्युत प्राधिकरण वितरण केन्द्रका अनुसार आजदेखि जेठ २० गते सम्म दैनिक बिहान ६ देखि बेलुका ५ बजेको समयमा विद्युत आपूर्ति  बन्द हुने  भएको  हो।

यहाँस्थित ३३ र ११ केभी प्रशारण लाइनमा लागेका रुखहरुको हांगाबिंगा छेकान गर्नुपर्ने भएकाले बजार फिडरका विभिन्न क्षेत्रमा जेठ १० गतेदेखि २० गतेसम्म   विद्युत सेवा अबरुद्ध हुने  भएको हो।

२० गते  अगावै छेकान कार्य सम्पन्न भइहाले  जुनसुकै समयमा पनि बत्ती आउने  जनाइएको  छ।

भर्खर

खबर उज्यालो मिडिया प्रा. लि.

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

All Rights Reserved © Khabar Ujyalo