KhabarUjyalo

अछाममा करेन्ट लागेर एकजनाको मृत्यु

१० जेष्ठ २०८०, बुधबार
अछाममा करेन्ट लागेर एकजनाको मृत्यु

अछाम । अछाममा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ। जिल्लाको मेल्लेख गाउँपालिका वडा नम्बर ४ कुसकोट सेलगाउँका ३१ वर्षिय सर्जन साउँदको करेन्ट लागेर मृत्यु भएको हो।

उनलाई विद्युत लाईन जोड्ने क्रममा करेन्ट लागेको प्रहरीले जनाएको छ। मंगलवार गाउँको एक विधालयका लागि लाईन तान्ने क्रममा पोलमा चढेका साउँदको करेन्ट लागेर मृत्यु भएको प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान भईरहेको प्रहरीले बताएको छ।

भर्खर

खबर उज्यालो मिडिया प्रा. लि.

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

All Rights Reserved © Khabar Ujyalo