

धनगढी । सुदूरपश्चिममा हावाहुरी,असिनापानी र चट्याङको सम्भावना रहेको छ। सक्रिय पश्चिमी वायु र अरब सागरबाट आएको वायुको प्रभावले जेठ १० गते बुधवारदेखि सुदूरपश्चिमबाट सुरू भई देशभरी दुई दिन हावाहुरी, चट्याङ र असिना पानीको उच्च सम्भावना बढेको हो।
हावाहुरी, चट्याङ र असिना पानी पर्ने बुधवार र बिहीवार बढी सम्भावना रहेकाले सतर्क र सुरक्षित रहन धनगढी उपमहानगरपालिकाले सबैमा आग्रह गरेको छ। उपमहानगरको स्थानीय आपतकालीन कार्य सञ्चालन केन्द्रले सुरक्षित रहन अपिल गरेको छ।
