KhabarUjyalo

५ महिनामा प्रचण्ड सरकारले पायो पूर्णता, वनमन्त्रीमा वीरेन्द्रप्रसाद महतो

९ जेष्ठ २०८०, मंगलवार
५ महिनामा प्रचण्ड सरकारले पायो पूर्णता, वनमन्त्रीमा वीरेन्द्रप्रसाद महतो

काठमाडौं । सरकार गठन भएको पाँच महिनामा प्रचण्ड नेतृत्वको मन्त्रिपरिषद्ले पूर्णता पाएको छ ।

राष्ट्रपति रामचन्द्र पौडेलले मंगलबार जसपा दुई जना मन्त्री नियुक्त गरेसँगै मन्त्रिपरिषद्ले पूर्णता पाएको हो ।

मन्त्री हुनेमा वीरेन्द्रप्रसाद महतो रहेका छन् । उनलाई वन तथा वातावरण मन्त्रीको जिम्मेवारी दिइएको छ । यसैगरी  प्रमिला कुमारीलाई शिक्षा, विज्ञान तथा प्रविधि राज्यमन्त्रीको जिम्मेवारी दिइएको छ ।

महतो सिरहा क्षेत्र नम्बर ४ बाट निर्वाचित सांसद हुन् भने प्रमिला राष्ट्रियसभा सदस्य हुन् । गत पुस १० गते प्रधानमन्त्री नियुक्त भएका प्रचण्डले पुस ११ गते पद तथा गोपनीयताको शपथ लिएका थिए।

भर्खर

खबर उज्यालो मिडिया प्रा. लि.

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

All Rights Reserved © Khabar Ujyalo