

धनगढी । पूर्व राजा ज्ञानेन्द्र शाह सपरिवार धनगढी आइपुग्नु भएको छ। पूर्व राजाले सुदूरपश्चिम भ्रमण गर्ने भएका छन् ।
भ्रमणको दौरान धनगढीमा भोली पूर्व राजाको नागरिक अभिनन्दन हुने भएको छ। पूर्व राजाको नागरिक अभिनन्दनका लागि १ हजार १ सदस्यीय नागरिक अभिनन्दन मुल समारोह समिति गठन भएको छ।पूर्व मन्त्री जयन्त चन्दको संयोजकत्वमा मुल समारोह समति गठन भएको नागरिक अभिनन्दन समारोहका सञ्चार संयोजक ललित जोशीले बताए।
धनगढीको कभर्ड हलमा विशाल समारोकाबिच नागरिक अभिनन्द गरिने जोशीले बताए। नागरिक अभिनन्दनका लागि आज पूर्व राजपरिवार धनगढी आइपुगेका छन्। पूर्व युवराज पारस शाह र कोमलबाहेक राजपरिवारका सबै सदस्य धनगढी आइपुगेका छन्।

