धनगढी । कवितामा आधारित नेपालको चर्चित रियालिटी सो ‘द पोइट आइडल’ को फाइलमा कञ्चनपुरका नरेश भण्डारी ‘न्याथन रायन’ पुग्न सफल भएका छन् ।
आउँदो शुक्रबार ८ वैशाखमा प्रतियोगिताको फाइनल प्रतिस्पर्धा हुँदैछ । फाइनलमा न्याथन र मिल्सन राई, निलम गुरुङ (सिक्किम) र पल्लवी (दार्जिलिङ) रहेका छन् । फाइनल प्रतिस्पर्धीहरु भोट माग्न व्यस्त रहेका छन् ।
कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकामा जन्मिएका न्याथन रायन स्नातक महेन्द्रनगरस्थित अमिटी कलेजबाट बीबीए उत्तीर्ण गरे। उनले काठमाडौंको कान्तिपुर सिटी कलेजबाट आमसञ्चार तथा पत्रकारितामा स्नातकोत्तर गरेका थिए ।
मण्डलामा सोमनाथ खनालद्वारा निर्देशित नाटक ‘तीन ट्रान्जिट’ मा उनले अभिनय गरिसकेका छन् । पछिल्लो समय चर्चामा रहेको फिल्म ‘छक्का पञ्जा ४’ मासमेत भूमिका पाएका छन् ।
न्याथन प्रतिस्पर्धाको फाइनलमा पुगेपछि भोटका लागि गृह जिल्लामा आएका छन् । भोट गर्न सम्पूर्णलाई अपिल गरेका छन् । कञ्चनपुरका पालिका प्रमुखलाई भेटेर भोट माग्दै भोटका अपिल गरिदिन आग्रहसमेत गरेका छन् । बुधबार मात्रै सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहसहित धनगढी उपमहानगरपालिका मेयर गोपाल हमाल लगायतलाई भोट मागेका छन् ।
उनलाई भोट गर्ने तरिका:
Osr connect app download गर्ने ।
app खोलेर The poet idol मा click गर्ने ।
न्याथन रायनको photo मा click गर्ने ।
vote मा click गर्ने ।
प्रतियोगिताको निर्णायकमा कविद्वय विप्लव प्रतीक र उपेन्द्र सुब्बाका साथै निर्देशक तथा रंगकर्मी अनुप बराल र अभिनेत्री सुरक्षा पन्त रहेका छन् ।
