KhabarUjyalo

दूधकाे मूल्य प्रतिलिटर ९ रुपैयाँले बढ्याे

१९ फाल्गुन २०७९, शुक्रबार
दूधकाे मूल्य प्रतिलिटर ९ रुपैयाँले बढ्याे

काठमाडौँ । सरकारले कच्चा दूधको मूल्य वृद्धि गरेको छ । आज शुक्रवार बसेको मन्त्रिपरिषद् बैठकले किसानले पाउने दूधको मूल्य बढाएको हो । यसअघि किसानले दूधको प्रतिलिटर न्यूनतम मूल्य ५६ रुपैयाँ ४० पैसा पाउने गरेकोमा यसलाई बढाएर ६५ रुपैयाँ ५० पैसा पुर्‍याएको सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माका सञ्चार विज्ञ नरेन्द्र केसीले जानकारी दिनुभयो ।

किसानहरूले गाईवस्तुलाई खुवाउने पराल, दानालगायतको भाउ बढ्दा उत्पादन लागत बढेको भन्दै भाउ बढाउन माग गर्दै आएका थिए । बढेको मूल्य किसानले पाउने गरी सरकारले कच्चा दूधको भाउ बढाएको हो । किसानले पाउने दूधको भाउ लिटरमा नौ रुपैयाँभन्दा बढी बढेपछि अब उपभोक्ता मूल्य कम्तीमा १० रुपैयाँ बढ्ने छ ।

सरकारी स्वामित्वको डीडीसीले अहिले फ्याट निकालिएको निलो प्याकेटको दूध प्रतिलिटर ८६ रुपैयाँमा बिक्री गर्दै आएको छ । अब यो दूधको मूल्य ९६ रुपैयाँभन्दा बढी पर्नेछ । व्यवसायीहरूले खुलारूपमा बेच्दै आएको दूध लिटरको एक सय रुपैयाँ वा त्योभन्दा

भर्खर

खबर उज्यालो मिडिया प्रा. लि.

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

All Rights Reserved © Khabar Ujyalo