KhabarUjyalo

कैलालीको चौलानीमा एसपीएका विद्यार्थीलाई अब रोजगारीको अवसर

१९ फाल्गुन २०७९, शुक्रबार
कैलालीको चौलानीमा एसपीएका विद्यार्थीलाई अब रोजगारीको अवसर

धनगढी  । कैलालीको एसपीए कलेजका विद्यार्थीहरुले धनगढीस्थित चौलानी ग्रुप अफ कम्पनीको क्लब चौलानीमा रोजगारी तथा पेड इन्टर्नसिपको अवसर पाउने भएका छन् । 

एसपीए कलेजले आफ्ना विद्यार्थीहरुलाई रोजगारदातासँग जोड्ने अभियान अन्तर्गत क्लब चौलानीसँग उक्त सम्झौता गरेको हो । सम्झौतापत्रमा चौलानी ग्रुपका अध्यक्ष मानसिंह साउँद र एसपीएका प्रबन्ध निर्देशक सुवास शाहीले हस्ताक्षर गरे ।
सम्झौता अनुसार क्लब चौलानी अन्तर्गतका होटेल तथा रेष्टुरेन्टमा एसपीएका विद्यार्थीले रोजगारी तथा पेड इन्टर्नसिप पाउनुका साथै जिम, स्वीमिङ पुल र रेष्टुरेन्टमा ५० प्रतिशतसम्म छुट पाउँनेछन् । 

एसपीएका प्रबन्ध निर्देशक शाहीले विद्यार्थीहरुलाई आत्मनिर्भर बनाउँन उक्त सम्झौता गरिएको बताए । 

‘विद्यार्थीहरुलाई रोजगारदातासँग जोड्दै कम्तीमा आफ्नो शैक्षिक शुल्क आफै तिर्न सक्ने र पारिवारमा निर्भर हुन नपर्ने बनाउँने हाम्रो रणनीति हो,’ शाहीले भने, ‘यसले विद्यार्थीहरुलाई पढ्दापढ्दै जीवनउपयोगी सीप हासिल गर्न र एक्सोजर दिन समेत मद्दत पुग्छ । सोहीक्रममा क्लब चौलानीसँग जोडिन पाउँदा हामी आभारी छौं ।’

क्लब चौलानीका अध्यक्ष मानसिंह साउँदले आर्थिक रुपमा मन्दी परिरहेका बेला कलेजसँगको सहकार्यमा विद्यार्थीहरुलाई सहुलियत दिन पाउँदा खुशी लागेको बताए । 

‘स्वीमिङ, जिम फिटनेशहरु लाइफ स्कुलसँग पनि जोडिन्छन् । अहिले हर कसैका लागि यी सीप सिक्न आवश्यक भैसकेको छ,’ साउँदले भने, ‘आर्थिक मन्दी तथा महँगीका कारण सबै विद्यार्थीहरुले इच्छा हुँदाहुँदै पनि फिटनेसमा जान नपाईरहेको अवस्थामा यस सम्झौताले धेरैलाई राहात पुग्ने विश्वास लिएका छौं ।’ 

सम्झौता अनुसार चौलानीमा क्लब चौलानीमा एसपीएका विद्यार्थीहरुले रोजगारी पाउनुका साथसाथै   अध्यापक तथा कर्मचारीहरु र विद्यार्थीहरुले समेत विभिन्न छुटहरु समेत पाउँनेछन् । 

चौलानीमा रहेको स्वीमिङ पुल प्रयोग गर्दा एसपीएका अध्यापक तथा कर्मचारीहरु र विद्यार्थीहरुले ५० प्रतिशत छुट पाउँनेछन् । यस्तै चौलानीले अध्यापक तथा कर्मचारीहरुलाई स्वीमिङ पुलको सदस्यता शुल्कमा ५० प्रतिशत छुट दिनेछ । 
त्यसबाहेक स्वास्थ्य नागरिक उत्पादन होस् भन्ने हेतुले एसपीएका विद्यार्थीहरु कम्तीमा १५ जनाको समूहमा आएमा ५० प्रतिशतसम्म छुट पाउँनेछन् । उक्त छुट बिहान ११ देखि दिउँसो ४ बजेसम्म उपयोग गर्न पाइनेछ । त्यसबाहेक अन्य समयमा २० प्रतिशत छुटको व्यवस्था गरिएको छ । 

त्यसबाहेक सम्झौतामा चौलानीले आफ्ना कन्फरेन्स हलहरु एसपीएलाई निशुल्क प्रयोग गर्न दिने सम्झौता भएको छ । एसपीएका विद्यार्थीलाई चौलानीले खाना र पेयपदार्थ(रेष्टुरेन्टको मेनु)मा १५ प्रतिशत छुट दिने सम्झौता भएको छ । 
सम्झौता अनुसारका सेवा उपभोग गर्न विद्यार्थीले अनिवार्य कलेजको परिचय पत्र लिएर जानुपर्ने सम्झौतामा उल्लेख छ । 
 

भर्खर

खबर उज्यालो मिडिया प्रा. लि.

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

All Rights Reserved © Khabar Ujyalo