KhabarUjyalo

एलबीकाे एक उत्कृष्ट गजल

४ माघ २०७९, बुधबार
एलबीकाे एक उत्कृष्ट गजल

गजल

उसले नजर लगाइरहेछ बन्चराहरूमा ।

मेरो खुसी अडिएको देखेर जराहरूमा ।।

भूल भयो खुसीको पानी सधैँ दिइरहेछु ।

मुहान हुँ तिमीले दाँज्यौ अम्खाेराहरूमा ।।

एउटा छ त्यस्तो रूप केवल तिमीमा प्रिय ।

अर्को छ त्यस्तो रूप अप्सराहरूमा ।।

भुर्इ नै प्रिय भएपछि भुर्इ मान्छेलाई

के गुनासो पोख्नु यार चराहरूमा ।।

लालबहादुर (एलबी)

धादिङ

हालः (दक्षिण काेरिया )

भर्खर

खबर उज्यालो मिडिया प्रा. लि.

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

All Rights Reserved © Khabar Ujyalo