KhabarUjyalo

बालगायक सचिन परियार अस्पताल भर्ना

८ पुष २०७९, शुक्रबार
बालगायक सचिन परियार अस्पताल भर्ना

काठमाडौँ । भाइरल बालगायक सचिन परियारको स्वास्थ्यमा आएपछि अस्पताल भर्ना भएका छन्। स्वास्थ्यमा जटिल समस्या देखिएपछि उनलाई महाराजगञ्ज स्थित टिचिङ अस्पतालमा भर्ना गरिएको हो।

बुधबार अस्पताल भर्ना भएका परियारको अवस्थामा अहिले पनि सुधार हुन सकेका छैन।

परियारको टाउकोमा समस्या देखिएको छ। उनको अवस्था नराम्रोसँग बिग्रिएको उनी नजिक कमल सरगमले जानकारी दिए। कमलले सामाजिक संजालमा एक पोष्ट गर्दै सचिनको अवस्था पिडादायक रहेको र खर्चको अभावमा राम्रो उपचार हुन नसकिरहेको उल्लेख गरेका छन्।

विभिन्नदातामार्फत उनलाई उपचार खर्च जुटाउन थालिएको छ। एक युट्युवमा अन्तर्वाता दिएर भाइरल भएका परियारकाले ‘रातो रबर एक’, ‘रुमाल खस्छकी’, ‘के छ र हजुर’, ‘बरको छाँयाले’ लगायत थुप्रै गीत गायका छन्। जुन चर्चित समेत भएको छ। उनी लाइभ लोकदोहोरी गाएरसमेत चर्चामा अाएका थिए ।

भर्खर

खबर उज्यालो मिडिया प्रा. लि.

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

All Rights Reserved © Khabar Ujyalo