
फिनल्याण्डकी प्रधानमन्त्री सना मरिनले पार्टी गरिरहेको भिडियो सार्वजनिक भएपछि विवाद बढेको छ । फिनल्याण्डको विपक्षी नेताले भिडियोको विषयमा सना मरिनलाई तथानाम भन्न सुरु गरेका छन् । यहाँसम्म कि उनको लागुऔषध परीक्षण गर्न पनि माग गरिँदै छ । यद्यपि, सना मरिनले ड्रग्स लिएको मामिलामा स्पष्टिकरण दिँदै पार्टीमा आफूले रक्सी मात्रै सेवन गरेको बताएकी छिन् ।
सोसल मिडियामा सना मरिनको जुन भिडियो भाइरल भइरहेको छ, त्यसमा उनी आफ्ना साथीहरुसँग नाच्दै गाइरहेको देखिएकी छिन् । भिडियोको विषयमा सोसल मिडियामा विभिन्न खालका प्रतिक्रिया आइरहेका छन् । पत्रकारलाई सना मरिनले स्पष्टिकरण दिँदै भनिन्, ‘मेरो एक पारिवारिक जीवन छ, व्यावसायिक जीवन पनि छ । मसँग थोरै खाली समय पनि छ जुन म आफ्ना साथीहरुसँग बिताउन चाहन्छु ।’
सना मरिन विश्वकी सबैभन्दा कान्छी प्रधानमन्त्री हुन् । उनलाई थुप्र्रै पटक पार्टीमा मस्ती गरिरहेको देखिइसकेको छ । अघिल्लो वर्ष उनले क्लब गएकोमा माफी पनि मागेकी थिइन्

