
काठमाडौं । अमेरिकी राष्ट्रपति जो वाइडनलाई कोरोना संक्रमण भएको छ ।
वाइडनलाई कोरोना संक्रमण भएको ह्वाइट हाउसलेसेत पुष्टी गरेको छ । त्यस्तै उनलाई कोरोना संक्रमण भएको बीबीसीले समेत उल्लेख गरेको छ ।
बीबीसीका अनुसार उनलाई थकाइ, हल्का खोकी र रुघा लागेपछि बिहीबार कोरोना परीक्षण गरिएको थियो । जसमा कोरोना पोजेटिभ रिपोर्ट आएको हो ।

संक्रमित वाइडनले आइसोलेशनमै बसेर काम गरिरहेको पनि जनाइएको छ । उनले टेलिफोन र भर्चुअल माध्यमबाट बैठकमा भाग लिँदै आएको जनाइएको छ ।
७९ वर्षीय राष्ट्रपति बाइडनले दुवै डोज बुस्टर खोप लगाएपनि कोरोना संक्रमित भएको उनको निजी चिकित्सकले जनाएका छन् ।
