
सुन तस्करहरूले विदेशबाट सुन तस्करी गरेर भित्राउनका लागि अनेक उपाय अपनाउने गर्दछन् ।
तस्करहरूले निलेका सुनका चक्की पेटको शल्यक्रिया गरेर निकालिएको, मलद्वार तथा यौनांगमासमेत लुकाइएका घटना बेला-बेलामा सार्वजनिक हुने गरेका छन् ।
सुन तस्कर तथा भरियाहरूले पैसाका लागि जीवन नै जोखिममा पार्ने गर्दछन् । हालै भारतमा पनि यस्तै एउटा घटना भएको छ ।

भारतको नयाँदिल्लीस्थित इन्दिरा गान्धी विमानस्थलमा एकजना व्यक्ति आफ्नो मलद्वार तथा टाउकोको तालुमा आधा किलोभन्दा धेरै सुन लुकाएर ल्याएको अवस्थामा पक्राउ परेका छन् ।
ती व्यक्ति आबुधाबीबाट भारत आएका थिए । उनले तालु खौरिएर त्यसमा सुनको पाता राखेर त्यस बाहिर नक्कली कपाल टाँसेका थिए भने मलद्वारभित्र पनि सुन कोचेका थिए ।
उनले तालु र मलद्वारमा लुकाएको सुन कुल ६३०.४५ ग्राम थियो । त्यसको मूल्य भारतीय बजारमा साढे ३० लाख भारुभन्दा धेरै पर्दछ । अनलाइन खबरबाट
