KhabarUjyalo

चुनावी घोषणापत्र : गृहिणीलाई खाना पकाउने ग्यास र कलेज पढ्ने महिलालाई स्कूटी निःशुल्क !

२५ माघ २०७८, मंगलवार
चुनावी घोषणापत्र : गृहिणीलाई खाना पकाउने ग्यास र कलेज पढ्ने महिलालाई स्कूटी निःशुल्क !

चुनावअघि राजनीतिक दलले जनतालाई प्रभावमा पार्न संकल्पपत्र सार्वजनिक गर्छन् । भारतको उत्तर प्रदेशमा जारी विधानसभा चुनावी अभियानमा सत्तारुढ भारतीय जनता पार्टी (भाजपा) ले आकर्षक घोषणापत्र सार्वजनिक गरेको छ ।

भाजपाले ‘लोक कल्याण संकल्पपत्र २०२२’ नाम दिइएको घोषणापत्रमा जनतालाई दिने सुविधाबारे उल्लेख गरिएको छ ।घोषणापत्र सार्वजनिक कार्यक्रममा केन्द्रीय गृहमन्त्री अमित शाह, मुख्यमन्त्री योगी आदित्यनाथ लगायतको सहभागिता रहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

भाजपाले खाना पकाउने एलपीजी ग्यास २ सिलिन्डर र कलेज पढ्ने महिलालाई स्कूटी निःशुल्क दिने घोषणा गरेको छ । भाजपाले किसानलाई सिँचाइ मिटरमा विद्युत् महशुल पूरै छुट दिने संकल्प समेत गरेको छ ।
हरेक परिवारमा कम्तीमा १ जनालाई रोजगारी दिने, लोक सेवा परीक्षाका लागि निःशुल्क कोचिङ कक्षा, प्रत्येक ग्राम पञ्चायतमा जिमखाना र खेल मैदान बनाउने उल्लेख छ ।

एजेन्सी

भर्खर

खबर उज्यालो मिडिया प्रा. लि.

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

All Rights Reserved © Khabar Ujyalo