
कपिलवस्तु। पूर्वराजा स्व. वीरेन्द्र शाहको जन्मोत्सवको अवसर पारेर पूर्वराजा ज्ञानेन्द्र शाहले कपिलवस्तुको शिवराज नगरपालिका– ३ खैरेन्द्रपुर चौराहामा निर्माण गरिएको पृथ्वी नारायण शाहको जंगी शालिक अनावरण गरेका छन्।
पश्चिमी जिल्लाहरुको भ्रमणमा रहेको उनले शिवराजन नगरपालिकाकाद्वारा २५ लाखको लागतमा निर्माण गरिएको शालिक रातो ब्यानर उघारेर शिलान्यास गरेका हुन।
सोक्रममा पूर्वराजा शाहले त्यही झन्डोत्तोलन समेत गरेका थिए। भैरहवामा रहेका शाह आफ्ना नाति ह्रदेन्द्रलाई समेतसँगै ल्याएका थिए। भैरहवा देखि बहादुरगंजसम्मको हुलाकी बाटो हुँदै उनी दिउँसो ३ बजे तिर खैरेन्द्रपुर पुगेका थिए।

खरैन्द्रपुर स्थित बालहंस साङ्गवेद गुरुकुलमा रहेको स्वर्णद्वारा आश्रममा पूजापाठ पछि उनले शालिक अनावरण गरेका हुन। पूजापाठका क्रममा बटुकहरुले स्वस्ति वाचन गरेका थिए। पूर्वराजा शाहले नागरिक अभिनन्दन समेत ग्रहण गरेका थिए।
