पहिलाभन्दा अाजकाल झन साेचिरहेछु ।
बाैलाउँछ कि कतै मन साेचिरहेछु ।।
के लिन्छाै भन मायाकाे चिनाे ।
मुटु दिऊ कि धड्कन साेचिरहेछु ।।
याे सालकाे मंसिर यत्तिकै गयाे ।
वैशाख अाउने लगन साेचिरहेछु ।।
न घरकाे न घाटकाे भएकाे छु अचेल ।
तिम्रा लागि याे जीवन साेचिरहेछु ।।
कमल खनाल
अछाम
