जिन्दगी तहसनहस भएकै बेला तिमी आयौ
फेरि थपिने भए कैयौँ झमेला तिमी आयौ
रङ्गहीन भएको छ जिन्दगी यता मेरो
भरि सिउँदो गरेर हात पहेँला तिमी आयौ
तिम्रो अघि नरुने बाचा गरेको थिएँ मैले पनि
कस्तो संयोग भिजेकै बेला परेला तिमी आयौ
विगत बिर्सेर वर्तमानमा रमाउने कोसिसमा छु
जोडेको घरबार सोचेनौ भत्केला तिमी आयौ
बस्ती डुलेर आयौ भित्ताका पनि कान हुन्छन्
कुरा काट्छ समाज अँध्याराे न उजेला तिमी आयौ
गजलकार –सुरज निर्दाेष
अछाम
