
धनगढी । धनगढीको खुलामञ्चमा तीन दिनसम्म भुवा पर्व मनाइने भएको छ ।
बाजुरेली सेवा समाजको आयोजनामा पुस ८ देखि १० गतेसम्म भुवा पर्व मनाइने छ । तीन दिनसम्म भव्य रूपमा भुवा पर्व मनाउने तयारी थालेको बाजुरेली सेवा समाजले जनाएको छ। भुवा पर्व सुदूरपश्चिमका बाजुरा, अछाम, बझाङलगायतका जिल्लामा भव्य रूपमा मनाइने गरिन्छ ।
विज्ञापनबाजुरेली सेवा समाजले धनगढीको खुल्ला मञ्चमा आयोजना गर्न लागेको भुवा पर्व पुस ८ गते विहानै मुढा जलाएर सुरुवात गरिनेछ । शुक्रबार बिहान ११ बजे सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुख देवराज जोशीले भुवा पर्वको उद्घाटन गर्ने कार्यक्रम रहेको बाजुरेली सेवा समाजका अध्यक्ष चेतबहादुर थापाले बताए ।

बाजुरा पुर्खौली घर भएकाहरूले धनगढीमा भुवा पर्वको आयोजना गरेर मौलिक पर्वको जगेर्ना गर्न खोजेको समाजका अध्यक्ष थापाले बताए । शुक्रबार,शनिबार र आइतबार गरी तीन दिनसम्म धनगढी खुल्लामञ्चमा भुवानाच देखाइने छ।
