KhabarUjyalo

पानीमा रुझ्दै राहुल गान्धिले गरेको भाषणको चर्चा !

१८ आश्विन २०७९, मंगलवार
पानीमा रुझ्दै राहुल गान्धिले गरेको भाषणको चर्चा !

काठमाडौँ। भारतमा अहिले पानीमा निथ्रुक्क भिजेर भाषण गरिरहेका राहुल गान्धीको तस्बिर भाइरल भइरहेको छ ।

‘भारत जोडो’ अभियानका क्रममा भारत दौडाहमा रहेका राहुल गान्धी आइतबार भारतको मन्सुर पुगेका थिए । उनी मञ्चमा भाषण गर्न उक्लिएका मात्र के थिए पानी पर्न सुरु भयो । तर, उनले मेघको प्रवाह नगरी रुझ्दै भाषण गरे ।

पानी परेपछि भाषण सुन्न आएका मानिस तितरवितर हुन थाले । त्यसपछि राहुल गान्धीले भने, ‘पानी परिरहेको छ तर हामीले यात्रा रोकेका छैनौँ । चाहे गर्मी होस, चाहे तुफान आओस वा जाडो नै किन नहोस् हामी रोकिने छैनौ ।’

‘भारत जोडो’ अभियान अन्र्तगत भारतीय काँग्रेसले कन्याकुमारीदेखि कश्मीर यात्रा गरिरहेको छ । पानीमा रुझ्दै गान्धिले गरेको यो भाषणको निकै चर्चा भइरहेको छ ।

भर्खर

खबर उज्यालो मिडिया प्रा. लि.

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

All Rights Reserved © Khabar Ujyalo