KhabarUjyalo

भारतका गौतम अडानी भए एसियाको पहिलो र विश्वको दोस्रो धनी अर्बपति

४ आश्विन २०७९, मंगलवार
भारतका गौतम अडानी भए एसियाको पहिलो र विश्वको दोस्रो धनी अर्बपति

काठमाडौं– भारतीय अर्बपति व्यापारी गौतम अडानी १५६.६ विलियन अमेरिकी डलर पूँजीसहित  विश्वको दोस्रो धनी व्यक्ति बनेका छन्। फोर्ब्सले सार्वजनिक गरेको अर्बपतिहरुको पछिल्लो सूचीअनुसार अडानी फ्रान्सका बर्नार्ड अर्नाल्टलाई पछि पार्दै विश्वको दोस्रो धनी व्यक्ति बनेका हुन्। फोर्ब्सको अर्बपति सूचकांकको शीर्ष २ मा एसियाली व्यक्ति प्रवेश गरेको यो पहिलो पटक हो।

१७ दिनअघि अडानी विश्वको तेस्रो धनी व्यापारी बनेका थिए। अडानीले २०२२ मा मात्रै आफ्नो कूल सम्पत्तिमा ७८.२ बिलियन डलर थपेका छन्। यो अन्य व्यापारीको भन्दा ५ गुणा बढी हो। उनले पहिलोपटक रिलायन्सका अध्यक्ष मुकेश अम्बानीलाई फेब्रुअरीमा उछिनेका थिए।

उनी निर्माण क्षेत्रमा लगानी  गर्ने अर्बपति हुन्। यसका साथै उनले केही समय अगाडि मात्रै भारतीय न्यूज च्यानल एनडी टिभीको २९ प्रतिशत शेयर किनेका थिए। उक्त च्यानलको शेयर किनेको विषयमा अडानी विवादमा समेत तानिएका थिए।

उनले केही महिना अगाडी सिमेन्ट व्यवसाय खरिद गर्ने घोषणा पनि गरेका थिए। यो सम्झौतासँगै अदानी समूह भारतीय सिमेन्ट बजारमा क्षणभरमै दोस्रो स्थानमा पुगेको छ।

अडानी पोर्ट्स एण्ड स्पेशल इकोनोमिक जोन लिमिटेड भारतको सबैभन्दा ठूलो निजी पोर्ट अपरेटर हो। अडानीको कम्पनीले दुई दशकभन्दा कम समयमा भारतभर पोर्ट पूर्वाधार र सेवाहरूको पोर्टफोलियो निर्माण गरेको छ। भारतका १३ वटा रणनीतिक बन्दरगाहरु सञ्चालनको सम्पूर्ण अधिकारी अडानी समूहमा छ। भारतमा आयात र निर्यात हुने २४ सामानहरु अडानी ग्रुपको स्वामित्वमा रहेका ती १३ बन्दरगाहमार्फत् हुने गरेको छ। 

भर्खर

खबर उज्यालो मिडिया प्रा. लि.

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

All Rights Reserved © Khabar Ujyalo