
काठमाण्डाै – भारतले धौलीगङ्गा जलविद्युत् परियोजनाको बाँधको ढोका खोल्ने भएपछि जिल्ला प्रशासन कार्यालय दार्चुलाले महाकाली नदी किनारका बासिन्दालाई सतर्क रहन आग्रह गरेको छ ।
दार्चुलाका प्रमुख जिल्ला अधिकारी सिद्धराज जोशीले सूचना निकालेर दार्चुलासँग जोडिएको उत्तराखण्डमा रहेको बाँधको ढोका खोल्ने जानकारी आएको भन्दै महाकाली नदी किनारमा सतर्कता अपनाउन आग्रह गर्नुभएको हो ।
जलविद्युत् परियोजना सफाइका लागि भोलि बिहीवार बाँधको ढोका खोल्ने भएकोले भोलि बिहान सात बजेदेखि बेलुका सात बजेसम्म सतर्कता अपनाउन आग्रह गरिएको छ ।


