KhabarUjyalo

पहाडी क्षेत्रमा पाईने मेल नासपाती पौष्टिक र औषधीय गुणयुक्त !

२१ श्रावण २०७८, बिहीबार
पहाडी क्षेत्रमा पाईने मेल नासपाती पौष्टिक र औषधीय गुणयुक्त !

स्वस्थ रहनको लागि सागपातकासाथै फलफूल खान चिकित्सकले सिफारिस गर्छन् । हाम्रो गाउँठाउँमा पौष्टिक तत्वले भरिपूर्ण फलफूल पनि पाइन्छ । सिजनअनुसार सबै फलफूल खान चिकित्सकले सुझाउँदै आएका हुन्छन् । 

यो सिजनमा फल्ने गुलीयो र स्वादिष्ट फल नासपाती पनि स्वास्थ्यका लागि निकै फाइदाजनक हुन्छ । तुलनात्मक रुपमा यो फल सस्तो पनि छ । यसका फाइदाबारे धेरैलाई थाहा नहुन सक्छ । यो फलमा क्याल्सियम, क्लोरिन, फलाम, म्याग्नेसियम, सोडियम, सल्फर, तामा, फोस्फोरस र पोटेसियम पाइन्छ । 

औषधीय गुण र पौष्टिकताले भरिपूर्ण नासपाती गर्मीयामदेखि बर्षातको समयसम्म पाहाडी क्षेत्रमा सजिलै पाइन्छ । अहिले याे फल फल्ने माैसम भएकाले जताततै सहजै किन्न पाइन्छ । याे फलका धेरै फाइदा छन् । यसको सिजनमा नियमित खाँदा हामीलाई स्वस्थ रहनु मद्दत पुग्छ ।

नासपातीका फाइदा 
तौल घटाउँछ : बढ्दो तौललाई नियन्त्रण गर्नको लागि नासपातीले अह्म भूमिका निभाउँछ । नासपातिलाई लगातार १२ हप्तासम्म खानाले बढेको तौललाई घटाउन सकिन्छ । मोटोपन भएका व्यक्तिले नासपतिलाई हाम्रो आहारका रुपमा पनि प्रयोग गर्न सक्छन् । 

क्यान्सरमा नासपाती : क्यान्सर जस्तो घातकको रोगको लागि मौसमी नासपतीले फाइदा गर्छ । नासपातीमा यूरोसोलिक एसिड पाइन्छ जसले फोक्सो, भोजन नलीको क्यान्सर हुनबाट बचाउँछ । महिनावारी भएको समयमा नासपाती दैनिक रुपमा खानाले महिलामा क्यान्सरको सम्भावना कम हुन्छ । 

मुटुको लागि नासपाती : अस्वस्थकर जीवनशैलीले मुटु सम्बन्धी रोगलाई निम्त्याउँछ । यदि हामीलाई मुटुलाई स्वस्थ राख्नु छ भने नासपातीलाई आफ्नो आहारमा समावेश गराउनु पर्छ । यसले हृदयघात हुने सम्भावनालाई पनि कम गर्छ । 

मधुमेहमा नासपाती : मधुमेह रोगीका लागि नासपाती लाभदायक हुन्छ । यसमा एन्टि डायबिटिक गुण हुन्छ जसले मधुमेहका बिरामीलाई राहत दिन्छ । यससँगै नासपतिमा प्रचुर मात्रामा फाइबर पाइन्छ, जसले मधुमेह बिरामीको रगतमा ग्लुकोेजको मात्रालाई सन्तुलित बनाइराख्छ । 

रोग प्रतिरोधात्मक क्षतमामा विकास : स्वस्थ रहनको लागि रोग प्रतिरोधात्मक क्षमता बलियो हुनु पर्छ । त्यसैले रोग प्रतिरोधात्मक क्षमताको विकासको लागि नासपाती दैनिक रुपमा खानुपर्छ । नासपातीमा भएको एन्टिअक्सिडेन्ट गुणले रोग प्रतिरोध क्षमता बढाउन मद्दत गर्छ । 

हड्डी बलियो बनाउँछ : बढ्दो उमेरसँगै पोषक तत्वको कमी भएर हाम्रो हड्डीमा समस्या उत्पन्न हुन्छ । शरीरमा क्याल्सियम, भिटामिन र मिनरलको कमीले हड्डीमा हुने रोग ओस्टियोपोरोसिस् हुनसक्छ । 

नासपातीको सेवन गर्नाले ओस्टियोपोरोसिस्बाट बच्न सकिन्छ । नासपतिमा पाइने पौष्टिक तत्वले क्याल्सियम बनाउन मद्दत गर्छ जसले हड्डी कमजोर हुनबाट बचाउँछ ।   

उच्च रक्तचापमा फाइदा : उच्च रक्तचाप भएका व्यक्तिलाई नासपातीको सेवन फाइदाकारी हुन्छ । दैनिक नासपाती खानाले उच्च रक्तचापको समस्या हुनबाट बच्न सकिन्छ । (एजेन्सीको सहयोगमा) 

भर्खर

खबर उज्यालो मिडिया प्रा. लि.

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

All Rights Reserved © Khabar Ujyalo