KhabarUjyalo

एकैदिन ४ हजार १०७ जना संक्रमित थपिए,३५ जनाको मृत्यु

२० श्रावण २०७८, बुधबार
एकैदिन ४ हजार १०७ जना संक्रमित थपिए,३५ जनाको मृत्यु

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर ४ हजार १०७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार ११,३५४ पीसीआर गर्दा २,९७५ र ४, ९४४ एन्टीजेन परीक्षण गर्दा १,१३२ व्यक्तिमा संक्रमण पुष्टि भएको हो । 

आज १,५३५ जना संक्रमणमुक्त भएका छन् भने संक्रमणको कारणले ३५ जनाको निधन भएको छ । देशभर ३३ हजार ४६४ सक्रिय संक्रमितको संख्या रहेको छ ।

जसमध्ये होम आइसोलेसनमा ३० हजार २७० र ३ हजार १९४ जना संस्थागत आइसोलेसनमा रहेका छन् । संस्थागत आइसोलेसनमा रहेकामध्ये ७१४ आइसीयूमा र १५६ जना भेन्टिलेटरमा उपचारत छन् ।

हालसम्म नेपालमा ७ लाख ६९ हजार ९२२ जनामा संक्रमण पुष्टि भएको छ । त्यसैगरि ६ लाख ६१ हजार ६५१ जना संक्रमणमुक्त भएका छन् भने ९ हजार ९५७ जनाको संक्रमणको कारणले निधन भएको छ । 

भर्खर

खबर उज्यालो मिडिया प्रा. लि.

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

All Rights Reserved © Khabar Ujyalo