KhabarUjyalo

जाजरकोट घटना प्रति कांग्रेसको निन्दा, गृहमन्त्रीको ध्यानाकर्षण

२० श्रावण २०७८, बुधबार
जाजरकोट घटना प्रति कांग्रेसको निन्दा, गृहमन्त्रीको ध्यानाकर्षण

काठमाडौं– नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले जाजरकोट घटनाको निन्दा गरेका छन्। जाजरकोट जुनीचाँदे गाउँपालिका– २ का वडा अध्यक्ष रामबहादुर नेपालीले स्थानीय प्रेम दमाईमाथि कुटपिट गरेको घटनाको  शर्माले निन्दा गरेका हुन्। उनले दमाई माथि कुटपिट गर्ने जनप्रतिनिधि दण्डको भागिदार हुनुपर्ने बताएका छन्। 

‘जाजरकोट जुहि चांदेको घटना निन्दनीय छ। असहाय नागरिकलाई डोरीले बांधेर निर्घात कुटपिट गर्ने जनप्रतिनिधि जुनै दलका हुन्, कानुनी दण्डको भागिदार बन्नैपर्छ,’ उनले ट्वीट गर्दै भनेका छन्, ‘गृहमन्त्री बालकृष्ण खाँडको ध्यानाकर्षण गराउँदछु। यस्तो अमानवीय प्रवृत्ति निरुत्साहित गर्न दल र समाजको एक्यवद्धता जरुरी।’ 

सोमबार वडाध्यक्ष नेपालीसँग दमाईले आफ्नो छोराले पाउने बाल पोषणको रकम माग गरेका थिए । त्यसपछि विवाद हुँदा नेपालीले दमाईमाथि कुटपिट गरेका थिए।

युवकलाई नाङ्गो बनाएर कुटपिट गरेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको छ । उक्त भिडियो राख्दै वडाध्यक्षमाथि कारबाहीको माग गरिएको छ ।

भर्खर

खबर उज्यालो मिडिया प्रा. लि.

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

All Rights Reserved © Khabar Ujyalo