KhabarUjyalo

एसबिआइ बैंकद्वारा गन्यापधुरामा वित्तीय साक्षरता कार्यक्रमसंगै विद्यार्थीलाई झोला वितरण !

३० असार २०८१, शनिबार
एसबिआइ बैंकद्वारा गन्यापधुरामा वित्तीय साक्षरता कार्यक्रमसंगै विद्यार्थीलाई झोला वितरण !

डडेल्धुरा :नेपाल एसबिआइ बैंक डडेल्धुरा जिल्लाको गन्यापधुरा शाखाले वित्तीय साक्षरता कार्यक्रमसंगै विद्यार्थीलाई झोला वितरण गरेको छ ।

गन्याधुरा गाउँपालिका वडा नम्बर २ कुजाकोटमा रहेको श्री सिमेशवर प्राविमा बैंकले सामाजिक उत्तरदायित्व तथा वित्तीय साक्षरता कार्यक्रमसंगै बिद्यालयमा अध्ययनरत ६५ विद्यार्थीहरूलाई झोला प्रदान गरेको हो ।

बैंकले सामाजिक उत्तरदायित्व तथा वित्तीय साक्षरता कार्यक्रमसंगै बिद्यालयमा अध्ययनरत ६५ विद्यार्थीहरूलाई झोला प्रदान गरेको र उक्त सहयोगले विद्यार्थीहरूको पढाइमा सहयोग पुग्ने गन्यापधुरा शाखाका शाखा प्रबन्धक अरुण पौडेलले बताए ।

उक्त कार्यक्रममा गन्यापधुरा गाउँपालिका का अध्यक्ष इन्द्रबहादुर कार्की, बैंकका कर्मचारीहरूको समेत सहभागिता रहेको थियो।

यसअघि बैंकले गन्यापधुरा गाउँपालिका वडा नम्बर ४ मा रहेको श्री भुवनेश्वरी माविमा अध्ययनरत बौद्धिक अपाङ्गता रहेका विद्यार्थीहरूलाई ट्रयाक सुट प्रदान गरेको थियो।

गन्यापधुरा गाउँपालिकामा नेपाल एसबिआइ बैंकको एक शाखा तथा दुई शाखारहित सेवा सञ्चालनमा छन्।

भर्खर

खबर उज्यालो मिडिया प्रा. लि.

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

All Rights Reserved © Khabar Ujyalo