KhabarUjyalo

डडेल्धुराका एक खरिदारले नक्कली शैक्षिक प्रमाणपत्र पेश गरेर जागिर खाएको भेटिएपछि …..

२५ असार २०८१, सोमबार
डडेल्धुराका एक खरिदारले नक्कली शैक्षिक प्रमाणपत्र पेश गरेर जागिर खाएको भेटिएपछि …..

डडेलधुरा । डडेलधुरामा एक खरिदारले नक्कली शैक्षिक प्रमाणपत्र पेश गरेको फेला परेको छ।

जिल्लाको आलिताल गाउँपालिकामा प्रशासन सहायक चौथो (खरिदार) पदमा कार्यरत मेखराज जोशीले नक्कली शैक्षिक प्रमाणपत्र पेश गरेर जागिर खाएको तथ्य फेला परेको छ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीविरुद्ध आइतवार विशेष अदालत काठमाडौंमा नक्कली शैक्षिक प्रमाणपत्रको आरोपमा मुद्दा दायर गरिएको हो।

आयोगका प्रवक्ता नरहरी घिमिरेका अनुसार जोशीले भारतको उत्तराञ्चल शिक्षा एवं परीक्षा परिषद्बाट हासिल गरेको हाईस्कूल तहको नक्कली शैक्षिक योग्यताको प्रमाणपत्र पेश गरेका थिए।

उनी विरुद्ध नक्कली शैक्षिक प्रमाणपत्र पेश गरेर भ्रष्टचार गरेको भन्दै भ्रष्टचारको मुद्दा दर्ता गरिएको छ। सोही प्रमाणपत्रका आधारमा उनले खरिदार पदमा नियुक्ति भइ हालसम्म कार्यरत रहेको आयोगले जनाएको छ।

भर्खर

खबर उज्यालो मिडिया प्रा. लि.

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

All Rights Reserved © Khabar Ujyalo