KhabarUjyalo

कोरोनाभाइरस पहिलो पटक उत्पत्ति भएको चीनको शहर वुहानमा फेरि लकडाउन

१२ श्रावण २०७९, बिहीबार
कोरोनाभाइरस पहिलो पटक उत्पत्ति भएको चीनको शहर वुहानमा फेरि लकडाउन

बेइजिङ । कोरोनाभाइरस पहिलो पटक उत्पत्ति भएको मानिएको चीनको केन्द्रीय सहर वुहान उपनगरमा फेरि लकडाउन गरिएको छ । वुहान उपनगरको जनसंख्या १० लाख छ ।

जियाङ्जिया जिल्लाका चार जनामा लक्षणविहीन कोभिड देखिएपछि तीन दिनसम्म उनीहरूलाई आफ्नो घर वा कम्पाउन्डमा बस्न आदेश दिइएको छ ।

चीनले ‘शून्य कोभिड’ रणनीति अनुसरण गर्दै आएको छ । जसमा सामूहिक परीक्षण, आइसोलेसन नियमको कडा पालना र स्थानीय तहमा लकडाउन समावेश छन् ।

कोभिडविरुद्ध कडाइका कारण चीनमा अन्य देशहरूको तुलनामा कम मानिसहरूको मृत्यु हुने गरेको छ ।

तर, लगातारको प्रतिबन्धका कारण मानिस मर्कामा परेका छन् । तसर्थ,धेरैले यसको विरोध गरेका छन् । १ करोड २० लाख जनसंख्या भएको वुहानमा नियमित परीक्षणका क्रममा दुई दिनअघि दुई जनामा लक्षणविहीन कोभिड देखिएको थियो ।

त्यस्तै कन्ट्र्याक्ट ट्रेसिङबाट अन्य दुई जनामा संक्रमण भेटिएको पाइएको थियो । त्यस लगत्तै लकडाउन घोषणा गरिएको थियो ।

भर्खर

खबर उज्यालो मिडिया प्रा. लि.

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

All Rights Reserved © Khabar Ujyalo