KhabarUjyalo

इराकमा संसद् भवनमा प्रवेश गरी प्रदर्शनकारीले नाचगान गर्दै टेबलमा सुते

१२ श्रावण २०७९, बिहीबार
इराकमा संसद् भवनमा प्रवेश गरी प्रदर्शनकारीले नाचगान गर्दै टेबलमा सुते

इराकको राजधानी बग्दादमा उच्च सुरक्षा क्षेत्र तोडेर प्रदर्शनकारीहरू संसद् भवन प्रवेश गरेका छन् ।

धर्मगुरु मुक्तदा अल–सदरका समर्थकले प्रधानमन्त्रीमा विपक्षी उम्मेदवारको विरोधमा प्रदर्शन गरिरहेका छन् ।

गएको अक्टोबरमा भएको चुनावमा सदरको पार्टीले सबैभन्दा धेरै सिट जिते पनि सरकार बनाउन सकेको छैन ।

संसद् भवन प्रवेश गरेका प्रदर्शनकारीलाई प्रहरीले अश्रुग्यास र पानीको फोहरा प्रयोग गरेर रोक्ने प्रयास गरेको बीबीसीले जनाएको छ ।

प्रदर्शनकारी प्रवेश गरेको समयमा संसद् भवनमा कुनै पनि सांसदहरू उपस्थित थिएनन् ।

इराकका प्रधानमन्त्री मुस्तफा अल–खादिमीले प्रदर्शनकारीलाई संसद् भवन छोड्न आग्रह गर्नुभएको छ । भवनभित्र छिरेका प्रदर्शनकारीहरू नाचगान गर्दै टेबलमा नै सुतेका थिए ।

त्यहाँ देशका विभिन्न राजनीतिक समूहहरूबीचको विवादका कारण नयाँ सरकार गठन हुन सकेको छैन ।

भर्खर

खबर उज्यालो मिडिया प्रा. लि.

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

All Rights Reserved © Khabar Ujyalo