KhabarUjyalo

कारमा रक्सी भेटिएपछि कुकुर पक्राउ !

३२ असार २०७९, शनिबार
कारमा रक्सी भेटिएपछि कुकुर पक्राउ !

भारतको बिहारमा जाँडरक्सी निषेध गरिएको छ । प्रहरीले कडाइका साथ चेकिङ गरिरहेका बेला कारमा रक्सी भेटिएपछि चालकसहित कारमा रहेको कुकुरलाई पक्राउ गरिएको छ ।

मुफसिल थानाका अनुसार गाजीपुर सीमा क्षेत्रमा एक कारमा रक्सी फेला परेको थियो । कारमा रहेका रामसुरेश यादव र भुवनेश्वर यादवलाई पक्राउ गरिएको छ, सँगसँगै कारमा रहेको जर्मन शेफर्ड कुकुरलाई समेत पक्राउ गरेर थानामा राखिएको छ ।

पक्राउ परेका दुवैलाई प्रहरीले कारागार पठाएको छ भने कुकुर जनावर भएका कारण थानामै राखिएको छ । कुकुरको स्याहारसुसार गर्न असहज भइरहेको प्रहरीले जनाएका छन् ।

भारतीय सञ्चारमाध्यमका अनुसार त्यो कुकुर हिन्दी भाषा बुझ्दैन, उसले अंग्रेजी मात्रै बुझ्छ । कुकुरले दूध र कर्नफ्लेक्स खान्छ । रक्सी निषेध कानूनको परिबन्धमा परेर कुकुरलाई पनि हैरानी भइरहेको छ ।

भर्खर

खबर उज्यालो मिडिया प्रा. लि.

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

All Rights Reserved © Khabar Ujyalo