दार्चुला : दार्चुलामा भरुवा बन्दुकको गोली लागेर एकजनाको मृत्यु भएको छ।
नौगाड गाउँपालिका–१ का अन्दाजी ५५ वर्षीय धङ्के डडालको मृत्यु भएको प्रहरीले जनाएको छ।
शनिबार नौगाड गाउँपालिका–१ का ४५ वर्षीय जयसिंह डडालले मल्लासेली भन्ने वनमा सिकार खेल्ने क्रममा बन्दुक पड्काउँदा टाउकोमा गोली लागेका डडालको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका सूचना अधिकारी एवं प्रहरी निरीक्षक ज्ञानेन्द्रबहादुर सिंहले जानकारी दिए । दुवैजना सिकारी हुन्।
गोली हान्ने जयसिंहलाई प्रहरीले नियन्त्रणमा लिई घटनाबारे अनुसन्धान गरिरहेको छ।